aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन निर्माण शुरु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १३ चैत्र २०७७
विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन निर्माण शुरु

काठमाडौं । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन  निर्माण प्रक्रिया शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ  न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । 

प्राधिकरणले निर्माण  कम्पनीलाई सम्झौताका  लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ । कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित   सम्झौता गर्न पत्र ‘लेटर अफ इन्टेन’ (एलओआई) पठाइएको  छ ।  

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले  भने,  “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब छिट्टै सम्झौता भई  काम सुरु हुन्छ । सम्झौता भएको एक वर्षमा निर्माण सकिनेछ ।”

प्रतिक्रिया दिनुहोस