
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यका एम्कासि तुवाँलोले ढाक्यो । समस्या यहाँसम्म देखा पर्यो की जसको कारण दिउँसो २ बजेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमाहवाइ उडानसमेत बन्द गर्नु पर्यो । यो सबै धुँवा र धुलोका कारण सिर्जित प्रदूषणको परिणाम हो ।
काठमाडौं उपत्यकामा केहि दिन यता वर्षा नभएका कारण आकाशमा फैलिएको धुँवा र धुलोका कणले अत्याधिक वायु प्रदूषण थपेको विज्ञहरुरले बताएका छन् । यदि हावा चलेन या केहि दिन अझै पानी परेन भने यो समस्या अझै लम्बिने सम्भावना रहेको उनीहरु बताउँछन् ।
त्यसो त छिमेकी मुलुक भारतका १५ सहर विश्वका सबैभन्दा प्रदुषित बिस सहरमा परेका छन् । सन् २०२० मा लामो समय लकडाउन भएका कारण विश्वभर प्रदुषण कम हुँदा पनि भारतका धेरै सहरहरु भने मानव जिवनकै लागि जोखिमपुर्ण हावा युक्त सहरकारुपमा रहेको एक रिपोर्टमा देखिएको हो ।
विश्व स्वास्थ्य संगठनले हहरेक वर्ष ७० लाख भन्दा बढी मानिसहरुको प्रदुषित वायुका कारण मृत्यु हुने गरेको जनाएको छ । हावामा पीएम २.५ को मात्रा ३५.५ भन्दा बढी हुने भएको अवस्थालाई नै संवेदनशिल व्यक्तिका लागि अस्वस्थकर मानिन्छ ।
त्यसमाथी ५५.५ भन्दा बढी पीएम २.५ भएको बायुलाई मानविय स्वास्थ्यका लागि पुर्णतया अहितकर भनेर विश्व स्वास्थ्य संगठनले जनाएको छ । जबकी भारतमा यस्ता १५ वटा सहर रहेका छन् ।
पृथ्वीका सर्वाधिक प्रदुषित शहरहरुको सूचीको पहिलो नम्बरमा भने चीनको होतान सहर रहेको छ । जसमा पीएम २.५ को मात्रा ११०.२ रहेको जनाइएको छ । भारतको गाजियावद, बुलन्द सहर, विश्रक, भिवादी, नोयडा, ग्रटर नोयडा, कानपुर, लखनउ यसपछि क्रमशः दोस्रो तेस्रो, चौथो, पाँचौं, छटौँ, सातौँ, आठौँ, नवौँ नम्बरमा रहेका छन् ।
भारतको राजधानि दिल्ली विश्वको १० औँ प्रदुषित सहरमा परेको छ भने ११ औँ, १२ औँ, १३ औँ र १४ औँमा पनि क्रमशः भारतकै फरिदावाद, मेरुत, जिन्द र हिसार परेका छन् । सो सूचीको १५ औँ नम्बरमा चीनको कश्गर छ भने १६ औँ मा बंगालदेशको मानिकगन्ज परेको छ ।
भारतकै प्रसिद्ध पर्यटकिय सहर आग्रा सो सूचीको १७ औँ नम्बरमा छ भने पाकिस्तानी सहर लाहोर र भागवलपुर १८ औँ र १९ औँ नम्बरमा परेका छन् । भारतकै मुजफरनगर सो सूचीको २० औँ नम्बरमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस