aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

आमा छोरीले कलेजो आधा आधा बाडेपछि खुशीको कुनै सीमा छैन

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, १४ चैत्र २०७७
आमा छोरीले कलेजो आधा आधा बाडेपछि खुशीको कुनै सीमा छैन

काठमाडौं । ५४ वर्षीया धनमाया तामाङ छोरी ३४ वर्षीया उषालाई सुमसुम्याउँदै थिइन् । दुवै जना एकअर्कालाई हेरेर मुस्कुराउँदै थिए । घरीघरी भावुक पनि हुन्थे । छोरीको आधा कलेजो आमाको शरीरमा प्रत्यारोपण गरेको चार दिनपछि भेट भएको हो । यसरी भेट हुँदा यी आमाछोरीमा खुशीको कुनै सीमा थिएन ।

यी आमाछोरी चितवन मेडिकल कलेजको प्रत्यारोपण वार्डको सँगै जोडिएको अलग अलग क्याबिनमा छन् । उषा आमाको अवस्थाबारे स्वास्थ्यकर्मीलाई सोधिरहन्छिन् । आफ्नो आधा कलेजो दिएर आमालाई बचाउन पाएकोमा उषाले गर्व महसुस गरेकी छन् । 

होस खुलेदेखि उनलाई आमा हेर्न हतारो थियो । आमालाई केही नहोस् भनेर भगवानसँग प्राथना गरें उषाले भनिन्, आमाको लागि कलेजो केही होइन् । मेरो कारणले आमा बाच्नुभयो त्यसैमा खुसी छु ।

प्रतिक्रिया दिनुहोस