aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

चीन र युरोपबीचको लगानी सम्झौतामा अनावश्यक राजनीतिकरण गरिएको चीनको भनाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ चैत्र २०७७
चीन र युरोपबीचको लगानी सम्झौतामा अनावश्यक राजनीतिकरण गरिएको चीनको भनाइ

बेइजिङ । चीनले यूरोपेली मुलुकहरूसँग गर्न चाहेको तर त्यहाँका केही राजनीतिज्ञहरूले यसलाई अनावश्यक राजनीतिकरण गरेको दावी गरेका छन् । सिन्च्याङसम्बन्धी चिनियाँ नीतिबारे बोल्दै चीनले यसलाई आन्तरिकमामिला भनेको छ ।

 सिन्च्याङलाई देखाई युरोपेली संघ (इयू)ले चीनमाथि लगाएको नाकाबन्दीप्रति चीनले प्रतिक्रिया जनाउँदै यसलाई अनावश्यक हस्तक्षेप भनेको छ । चीनका अनुसार कतिपय युरोपेली राजनीतिज्ञहरूले चीनको प्रगतिप्रति आरिस गर्ने गरेको चीनको दावी छ । 

हालै युरोपेली संसदले चीन युरोपबीचको लगानी सम्झौताको बैठकलाई चीनको सिन्च्याङलगायतका क्षेत्रमा मानव अधिकारको वेवास्ता गरिएको भन्दै चीनसँगको लगानी सम्झौता रद्द गरेको थियो । सम्झौतामा बाधा उत्पन्न गरेर यूरोपलाई कुनै लाभ नहुने चीनले बताएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस