
काठमाडौं । मलेसिया जाने नेपाललगायत विदेशी कामदारको भिसा प्रक्रियामा मलेसियाका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीलाई पक्राउ गरिएको छ । नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीले समेत अनियमित तरिकाले भीएलएन प्रणाली लागू गरी नेपाली कामदारबाट चर्को शुल्क असुलेको आरोप लगाइरहेको बेला रोजगारदाता मुलुककै उच्च तहका अधिकारीमाथि मुद्दा लागेको छ ।
मलेसियाको भ्रष्टाचारविरुद्धको आयोगले पूर्व उपप्रधानमन्त्री हमिदीले पदको दुरुपयोग गरी अनियमितता गरेको मुद्दा चलाएको जनाएको छ । मलेसियाको स्टार अनलाइनले हमिदीले पदको दुरुपयोग गरी विदेशी नागरिकलाई उपलब्ध गराउने भिसा प्रणालीमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरिने जनाएको छ ।
त्यहाँको भ्रष्टाचारविरुद्धको आयोगले हमिदीविरुद्ध बुधबार अभियोग दर्ता गराउनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट अनुमति लिइसकेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् । उनलाई यसअघि पनि त्यहाँको सरकारले व्यक्तिगत रुपमा बयान लिएको थियो । त्यसमा चित्तबुझ्दो कारण दिन नसकेका हमिदीलाई अब भने मुद्दा चलाइने भएको छ ।
नेपालमा भीएलएन प्रक्रियाअन्तर्गत सुरुमा ७ सय रुपैयाँ लिँदै आएकोमा एक्कासी शुल्क बढाएर ३ हजार ९ सय पु¥याएको थियो । नेपालमा पनि विभिन्न शिर्षकमा मलेसिया जाने कामदारमाथि भिसा प्रक्रियाका नाममा चरम ठगी हुँदै आएको थियो । नेपालस्थित भीएलएनका सञ्चालकलाई गत वर्ष २ अर्बभन्दा बढी गठीको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा चलाए पनि धरौटीमा रिहा भएका थिए । नेपालमा भीएसएन कार्यालयले ४ वर्ष अघिदेखि काम गर्दै आएको थियो । कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस