aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

विद्युतीय गाडीको आयात फागुनसम्म आउदा शुन्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ चैत्र २०७७
विद्युतीय गाडीको आयात फागुनसम्म आउदा शुन्य

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा १०३ ओटा विद्युतीय गाडीको आयात भएकोमा फागुनमा एउटा पनि गाडी आयात भएको छैन । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ४२८ ओटा विद्युतीय गाडी भित्रिएका थिए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीको आयातमा भन्सार बढाएपछि यस्ता गाडीको आयात घटेको व्यवसायी बताउँछन् । गत आर्थिक वर्षसम्म विद्युतीय गाडीको आयातमा १० प्रतिशत मात्र भन्सार थियो । 

तर सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म पु¥याएपछि व्यवसायीले विद्युतीय गाडीको आयात नै गर्न छाडे । नाडाका महासचिव सुनिल रिजालले विद्युतीय गाडीमा सरकारले गरेको करवृद्धिपछि माग ह्वात्तै घटेको बताए ।  आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस