aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अमेजनका कामदार बोतलमा पिसाब गर्न बाध्य !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ चैत्र २०७७
अमेजनका कामदार बोतलमा पिसाब गर्न बाध्य !

जेफ बेजोसलाई संसारकै सर्वाधिक धनी बनाउने कम्पनी अमेजनमा काम गर्ने कर्मचारीहरूको अत्यधिक श्रम शोषण गरिएको खुलासा भएको छ । यहाँसम्म की त्यहाँ काम गर्ने कामदारहरूले शौचालय जाने समेत समय पाउँदैनन् । 

अहिले सामाजिक सञ्जाल ट्विटरमा यो विषय निकै नै चर्चित बनेको छ । अमेजनले आधिकारिकरुपमा नै आफ्ना कामदारलाई बोतलमा पिसाब गर्न बाध्य बनाएको आरोपको खण्डन गरेको छ । तर, सो खण्डनलाई गलत साबित गर्दै एक पछि अर्को प्रमाणहरूले ट्विटर भरिएको देख्न सकिन्छ । 

अघिल्लो हप्ता अमेरिकन सिनेटर बेर्निसान्दरले अमेजनका कामदारहरूलाई युनियन खडा गर्न र आफ्नो अधिकारका लागि लड्न आह्वान गरेपछि यो विषय पुनः चर्चामा आएको हो । करिब २ वर्ष अघि नै अमेजनका कर्मचारीहरूमाथि शोषण हुने गरेको समाचार चर्चित अन्तर्राष्ट्रिय समाचार संस्था द गार्जियनले प्रकाशित गरेको थियो । यस्तै, रिभिल न्युजले समेत यस सम्बन्धी एउटा लामो खोजमूलक लेख नै प्रकाशित गरेको थियो । 

अमेजनमाथि आरोप छ की उसले आफ्ना कामदारहरूलाई यति बढी दबाबमा राख्छ जसका कारण उनीहरू शौचालय समेत जना समय पाउँदैनन् । कामको लक्ष्य यति धेरै दिइएको हुन्छ जसलाई पुरा गर्न कार्यकक्षकै एक कुनामा गएर पानी र कोकाकोलाको बोतलमा पिसाब गर्न बाध्य पारिएको छ ।

तर, अमेजनले भने आफ्ना कामदारहरूलाई कानुनले तोके अनुसार प्रतिघण्टा १५ डलरको न्यूनतम ज्याला, शुरुदिन देखि नै स्वास्थ्य सुविधा र समावेशी वातावरणमा काम गर्ने अवसर उपलब्ध गराएको जनाएको छ । 

उता, कतिपय कामदारहरूलाई उदृत गर्दै समाचार सस्थाहरुले त्यहाँका ड्राइभर र वायर हाउसका काम गर्ने मानिसहरूले नारकीय जीवन व्यतीत गरिरहेको जनाएको छन् । समाचार संस्था द सनले अमेजनका कामदारहरू जागिर गुम्ने डरका कारण बोतलमा पिसाब फेर्न बाध्य बनेको समाचार २ वर्ष अघि नै लेखेको थियो । 

त्यसो त न्युयोर्क टाइम्सले सन् २०१५ मा नै अमेजनमा काम गर्ने प्रत्येक व्यक्तिहरू डेस्कमा रोइरहेको समाचार प्रकाशित गरेको थियो । अमेजनले कामदारलाई अति नै खराब वातावरणमा काम लगाइरहेको समाचार मर्निङ कलले सन् २०११ मा नै प्रकाशित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस