aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

साढे ३ वर्षमा २ लाख कर्जा सुरक्षित कारोबार दर्तामा

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, १६ चैत्र २०७७
साढे ३ वर्षमा २ लाख कर्जा सुरक्षित कारोबार दर्तामा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा जस्ता अचल सम्पत्ति मात्रै धितो राखेर कर्जा लिनेबाहेक गाईबस्तुरघोडा, टिभी, फ्रिजजस्ता विद्युतीय साधन, सवारीसाधन, व्यवसायलगायत चल सम्पत्ति धितो राखेर कर्जा लिनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार हालसम्म यस्ता चल सम्पत्ति धितोमा कर्जा लिएका र सुरक्षित कारोबार दर्ता (सेक्युअर ट्रान्जेक्शन रजिस्ट्रेशन÷एसटीआर) गरेको कर्जा संख्या २ लाख ४ हजार ४ सय ९८ पुगेको छ ।

केन्द्रका अनुसार उक्त कर्जाअन्तर्गत व्यक्तिगत कर्जातर्फ करीब १९ हजार ८ सय ७, कर्पोरेट कर्जातर्फ २७ हजार २ सय २, साना तथा मझौला उद्यमी ९एसएमई० कर्जातर्पm १ लाख ४२ हजार ७ सय ३६, लघु (माइक्रो) तहको कर्जातर्फ ७ हजार ३ सय २० र महिलाहरूको नाममा रहेको ७ हजार ४ सय ३३ कर्जाको सुरक्षित कारोबार दर्ता गरिएको छ । दर्ता भएका कुल कर्जा संख्यामध्ये १३ हजार २३ ओटा कर्जाको चुक्ता अर्थात् टर्मिनेशन भइसकेको सूचना केन्द्रले जानकारी दिएको छ । 

सानिमा बैंकले मात्रै चालू आव शुरू भएदेखि हालसम्म करीब १ हजार ८ सय ऋणीको नाममा एसटीआरमा दर्ता गरिसकेको जानकारी दिएको छ । पछिल्लो समय चल सम्पत्तिका ग्राहकहरू पनि बढ्दै गएको र कर्जा जोखिमरहित होस् भनेर एसटीआरमा आबद्ध भएको सानिमा बैंकको कर्जा विभागको भनाइ छ ।

सरकारले विसं २०६३ मा ल्याएकोे ‘सुरक्षित कारोबार ऐन’ ले भने चल सम्पत्ति राखेर व्यक्ति, संस्था वा निकायबाट ऋण पाउन सक्ने बाटो खुला गरिदिएको थियो । ऐन आएको करीब ११ वर्षपछि अर्थात् विसं २०७४ देखि कर्जा सूचना केन्द्रले त्यस्ता संस्थामार्फत आएका कर्जाको सुरक्षित कारोबार दर्ता ९एसटीआर० गर्ने अधिकार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस