aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सुरुङमार्गसँगै बजार बन्ने, बजार निर्माणका लागिजग्गा अधिग्रहण र डिजाइनसमेत तयार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १६ चैत्र २०७७
सुरुङमार्गसँगै बजार बन्ने, बजार निर्माणका लागिजग्गा अधिग्रहण र डिजाइनसमेत तयार

काठमाडौं । उपत्यका भित्रिने मुख्य नाकाकारूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजार निर्माण हुने भएको छ । बजार निर्माणका लागिजग्गा अधिग्रहण र डिजाइनसमेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानी प्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ । 

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सुरुङमार्ग भएरयात्रागर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमाअन्तर्राष्ट्रियस्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिए । उनकाअनुसार सो ठाउँमा बजार विकासको काम सुरु भइसकेको छ ।

उनले भने, ‘‘जापानलगायतका अन्य मुलुकमा समेत सुरुङमार्गमा प्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आराम गर्ने र आवश्यक सरसमान खरिद गर्ने तथा सवारी साधनको समेत सामान्य मर्मत सम्भारगर्न सुरुङ मार्गको प्रवेशद्वारमा‘ सर्भिस सेन्टर’निर्माण गरिएको हुन्छ । सोही अवधारणाअन्तर्गत नागढुङ्गा सुरुङमार्ग पनि‘सर्भिस सेन्टर’निर्माण गर्न लागिएको हो । ’’

महानिर्देशक थापाका अनुसार सुरुङमार्ग निर्माण आयोजनाकै चौथो काम (कम्पोनेन्ट) अन्तर्गत निर्माण हुनलागेको सो बजारमा अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर, होटल, रेस्टुरेन्ट, पेट्रोल पम्प, प्रदर्शनीस्थल, सार्वजनिक शौचालय, गाडी मर्मत केन्द्रलगायतका संरचनानिर्माण गरिनेछ । त्यसैगरी स्थानीय किसानको कृषिजन्य उत्पादन तथा परम्परागत हस्तकला उत्पादनका लागि छुट्टै स्टल निर्माण गरिनेछ ।

त्यसैगरी एकै पटकमा कम्तीमा ५० वटा चारपाङ्ग्रे सवारी साधनपार्किङगर्न मिल्ने पार्किङस्थल निर्माणका साथै यात्रुलाई खुला ठाउँमा घुमफिरगर्न बजारनजिकै आकर्षक बनाउन बगैँचासमेत निर्माण गरिनेछ । सवारी चालकहरू गाडीहरू एकछिन भएपनिफ्रेस हुनपाउँदा सडक दुर्घटनामा समेत कमीआउने विश्वास गरिएको महानिर्देशक थापाको भनाइ छ ।

उनले भने, ‘‘मुलुकको पूर्वााधारविकासको पहिलो प्राथमिकताप्राप्त सो आयोजनाको पहिलो कम्पोनेन्टअन्तर्गत सुरुङमार्ग, दोस्रो कम्पोनेन्टअन्तर्गत पहुँचमार्ग, तेस्रो कम्पोनेन्टअन्तर्गत फ्लाई ओभररचौथो कम्पोनेन्टअन्तर्गत सो सर्भिस सेन्टरनिर्माण गरिनेछ । ’’निर्माण कम्पनीले सुरुङमार्गसँगै सो बजारसमेत निर्माण गरी सरकारले हस्तान्तरण गर्ने गरी सम्झौताभएको महानिर्देशकथापाले बताए ।

बजारको सम्पूर्ण पूर्वाधार तयार गरी सडक विभागले त्यसको व्यवस्थापन तथा सञ्चालनको जिम्मा सुरुङमार्गसँगै रहेको धुनीबेँसी नगरपालिकालाई दिने सरकारको योजनारहेको महानिर्देशक थापाले जानकारी दिए । सो ठाउँमा बजारको निर्माण तथा सञ्चालनले स्थानीय मौलिक उत्पादनले बजार पाउनुका साथै स्थानीयले रोजगारी पाउनेछन् । यसबाट स्थानीयको जीवनस्तर उकासिने विश्वास गरिएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस