
एकातिर कोरोना भाइरसको महामारीले दोस्रो लहरको चिन्ता थपिएको छ । अर्कोतिर कोरोना विरुद्धको खोप लगाएकालाई भ्याक्सिनेशन पासपोर्ट बोकाएर मात्रै अन्तर्राष्ट्रिय यात्रा गर्न अनुमति दिने खेलमा केही धनी मुलुकहरू लागिपरेका छन् ।
यो व्यवस्थाले धनी मुलुकका नागरिकहरूलाई बिना कुनै रोकटोक विश्वभर चाहर्ने मौका दिँदै छ भने गरिब देशका मानिसहरूका लागि देशबाहिर निस्किने ढोका बन गरिँदै छ । गाल्डेन टिकेट नामकरण गरिएको यस्तो पासपोर्ट प्रयोगमा ल्याउन पर्यटन उद्योगले धानेका युरोपको देश ग्रिस, एसियाको थाइल्यान्ड र अन्य क्यारेबियन मुलुकहरू लागिपरेका छन् ।
ब्लुम्वर्कका अनुसार ग्रिसले गोल्डेन टिकटधारी मानिसहरूको लागि मे १४ तारिकदेखि आफ्नो मुलुकको भ्रमण खुल्ला गर्ने जनाइसकेको छ । भ्याक्सिनेशन पासपोर्ट लागू गर्दा पर्यटन क्षेत्र चलायमान हुने र आफूहरूले फेरि आर्थिकरुपमा राहत महसुस गर्न सकिने विश्वास ती देशहरूले राखेका छन् ।
प्रश्न के हो भने पैसा भएका घुमन्तेहरूको लागि भ्याक्सिनेशन पासपोर्ट हातमा बोक्नु कुनै ठुलो कुरा होइन । तर, नेपाल लगायतका श्रम गर्न बिदेसिने नागरिकहरूका लागि भ्याक्सिनेशन पासपोर्ट नै अन्तर्राष्ट्रिय विमान चढ्नबाट रोक्ने सबैभन्दा ठुलो तगारो बन्न सक्छ ।
रिपोर्टहरूका अनुसार सन् २०२० मा पुर्णतयाः बन्द रहेका अन्तर्राष्ट्रिय उडानहरूका कारण थला परेको ठुला एयलायन्सहरु पनि अहिले यस्तै पासपोर्टको पक्षमा उभिएका छन् । कम्तीमा एउटा सर्टिफिकेट हातमा बोकेका यात्रीहरू उडाउन पाए पनि हुने भन्ने उनीहरूको योजना देखिन्छ ।
सन्सारकै ठुला २६ एयरलायन्सहरु मध्येका एयर चाइना, डक लुफिनासा, सिंगापुर एयरलाइन्स, युनाइटेड एयलायन्स लगायतले भ्याक्सिनेशन पासपोर्ट लागू गर्ने पक्षमा वकालत गरिरहेका हुन् ।
कतार एयरलाइन्स र सिंगापुर एयरलाइन्सले त एउटा एप मार्फत भ्याक्सिनेशन पासपोर्ट भेरिफाइ गर्ने प्रक्रिया नै सुरु गरिसकेका छन् । उता, अमेरिकामा अमेरिकन एयरलाइन्सले भेरिफ्ल्याइ नामक एप मार्फत यस्तो परीक्षण सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस