
डेढ हप्ता अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले एबीसीसंगको अन्तर्वार्ता भने– रसियन राष्ट्रपति भ्लादमिर पुटिन एक हत्यारा हुन् । जोसँग आत्मा नै छैन ।
तर, सायद उनले त्यो कुरा भुले । त्यसैले आफ्नो कार्यकालको पहिलो सर्वाधिक ठुलो एक सम्मेलनमा उनले तीनै पुटिनलाई निमन्त्रण गरे । पुटिनसँगै अमेरिकी राष्ट्रपतिले बाइडेनले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई समेत सहभागिताको निम्तो पठाए ।
रोचक कुरा यो छ की बाइडेन तीनै व्यक्ति हुन् जसले आफ्नो कार्यकालको पहिलो सार्वजनिक मन्तव्यका क्रममा भनेका थिए– चिनियाँ राष्ट्रपति सी जिन पिङ त्यस्ता तानशाह हुन् जसको शरीरमा लोकतन्त्र नामको एउटा पनि हाड छैन ।
बाइडेनले शनिवार एउटा अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा सहभागी हुनका लागि यी दुई आफ्ना दुष्मन नेताहरूलाई निम्तो दिएका हुन् । सिएनबीसीले जनाए अनुसार सो सम्मेलन अप्रिल महिनाको २२ र २३ तारिकका दिन सम्पन्न हुँदै छ ।
बाइडेनका अनियन्त्रित र आवेगपूर्ण टिप्पणीको विरोध गर्नेहरूले भन्ने गरेका छन्–हत्यारा र तानासाहको आक्रमणको सिकार भने बाइडेन यस पटक हुने छैनन् । किनकि यो सम्मेलन भौतिकरुपमा नभएर भर्चुअल माध्यमबाट हुनेछ ।
त्यसो त, आफूलाई हत्यारा भन्दै आरोप लगाएपछि पुटिनले बाइडेनलाई चुनौती दिँदै यसअघि नै भनेको छन्–लाइभ अनलाइन ब्रोकाष्ट मार्फत छलफल गरौँ । को हत्यारा हो ? को होइन ।
स्मरण रहोस्, अमेरिका र चीनले एक अर्कालाई संसारका सबैभन्दा बढी प्रदूषण उत्पादन मुलुकका रूपमा आरोप लगाउँदै आएका छन् । अमेरिकाले यस पटक गरेको निम्तोलाई रुस र चीनका राष्ट्रपतिहरुले स्वीकार गर्छन् वा गर्दैनन् । त्यो भने हेर्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस