aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोनाको दोस्रो लहरले भारत हायलकायल, लगातार तेस्रो दिन ६० हजार संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
कोरोनाको दोस्रो लहरले भारत हायलकायल, लगातार तेस्रो दिन ६० हजार संक्रमित थपिए

भारत । कोरोना भाइरसको दोस्रा लहर भारत प्रवेश गरेसंगै नेपालमा पनि चिन्ता थपिएको छ । भारतको पछिल्लो अवस्था हेर्दा यदि सोहि प्रकृतिको संक्रमणको फैलावट नेपालमा पनि हुने हो भने स्थिती भयावह हुने देखिन्छ । 

भारतमा पछिल्ला तीन दिनमै लगातार ६० हजार जना भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको छ । यसबिच एक लाख भन्दा बढी त संक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा नै पनि भारतमा देखिएका नयाँ संक्रमण विश्वकै सर्वाधिक बढी संख्या हो । आइतबार थप ६८ हजार दुइ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पछिल्लो ६ महिना यता एकैदिन सर्वाधिक बढी संक्रमित भेटिएको हो । 

तुलनात्मकरुपमा हेर्ने हो भने भारतमा भेटिएका संक्रमितहरु सोहि दिन ब्राजिल र अमेरिकामा भेटिएका संक्रमित भन्दा डेढ गुणा बढी हो । अहिले एकैदिन धेरै संक्रमित भेटिएको मुलुकको सूचीमा भारत पहिलो नम्बरमा रहेको छ भने ब्राजिल, अमेरिका, फ्रान्स, पोल्याण्ड लगातार दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस