aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिप्लवको बन्दले ८० लाख विद्यार्थीको पढाइ प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
बिप्लवको बन्दले ८० लाख विद्यार्थीको पढाइ प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द समूहको बन्दले मंगलबार देशभर करिब ८० लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएयता चन्द समूहले तीन पटक नेपाल बन्द र एकपल्ट शैक्षिक हडताल गरिसकेको छ । त्यसले विश्वविद्यालयका साथै सामुदायिक र निजी विद्यालयका विद्यार्थीको पढाइ बिथोलिएको छ ।

पछिल्लो पटक सरकारले चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि सबैभन्दा बढी शैक्षिक क्षेत्र प्रभावित भएको हो । २९ हजार सामुदायिक र ७ हजार निजी विद्यालयका साथै प्लस टु कलेज, त्रिविलगायत अन्य विश्वविद्यालयको पठनपाठन बन्द र शैक्षिक हडताल घोषणा गर्नेबित्तिकै ठप्प हुने गरेको छ ।

विद्यालयदेखि प्लस टुसम्म करिब ७३ हजार र त्रिविलगायत अन्य विश्वविद्यालयमा ७ लाख विद्यार्थी अध्ययन गर्दै आएका छन् । आजको कानितपुर दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस