aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

सुनका गरगहनाको आयात बढ्दो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, १७ चैत्र २०७७
सुनका गरगहनाको आयात बढ्दो

काठमाडौं । नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको छ । चालू आवको फागुनसम्म ६ करोड ७३ लाख ६७ हजार रुपैयाँका सुनका गरगहना आयात भएको छ । परिमाणका आधारमा चालू आवको यस अवधिमा साढे १७ केजी बराबरको सुनका गरगहना आयात भएको छ ।

गत आवको सोही अवधिमा भने ५ करोड ६० लाख रुपैयाँ बराबरको १३ केजी सुनका गरगहना आयात भएको थियो । परिमाणका आधारमा चालू आवमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको देखिन्छ ।

नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस