aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भारतमा १० दिनसम्म बैंक बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ चैत्र २०७७
भारतमा १० दिनसम्म बैंक बन्द हुने

एजेन्सी । भारतमा आर्थिक वर्ष २०२१-२२ शुरु हुन लागेको छ । उक्त नयाँ आर्थिक वर्षको पहिलो महिना अप्रिलमा १० दिनसम्म बैंक तथा वित्तीय संस्था बन्द हुने छन् । नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले हिसाव मिलनका लागि पनि पहिलो हप्ता दिन र अप्रिल भरी १० दिन बैंक बन्द हुने छन् । 

अप्रिलको पहिलो दिन नयाँ आर्थिक वर्ष शुरु हुने दिन बन्द हुने छ । त्यस्तै, २ तारिक गुड फ्राइडे, ४ तारिक आइतबार, १० तारिक शनिबार, ११ तारिक आइतबार, १३ तारिक तेलगु नयाँ वर्ष, १८ तारिक आइतबार, २१ तारिक रामनवी २४ तारिक शनिबार र २५ तारिक आइतबार परेकाले बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् 

प्रतिक्रिया दिनुहोस