aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब १ करोड २१ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ चैत्र २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब १ करोड २१ लाख

भारत । भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ । सो अवधीमा कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६२ हजार ११४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।  

कूल संक्रमितमध्ये पाँच लाख ४० हजार ७२० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड  १० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस