aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतका दुई उद्योगीलाई मोदी सरकार बरदान, सम्पत्तिको वृद्धि सय प्रतिशतभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ चैत्र २०७७
भारतका दुई उद्योगीलाई मोदी सरकार बरदान, सम्पत्तिको वृद्धि सय प्रतिशतभन्दा बढी

एजेन्सी । जब भारतका धनी उद्योगको कुरा हुन्छ तब सबैको मुखमा अम्बानी र अदाणी समूहको नाम आउछ । भारतको हुरुन इंडिया रिसर्चको रिपोर्टका अनुसार  मुकेश अम्बानीको नेटवर्थ ६.०५ लाख करोड रुपैयाँ भारु रहेको छ । 4

त्यस्तै गौतम अदाणी ग्रुपको २.३४ करोड़ करोड़ लाख रुपैयाँ भारु नजिक नेटवर्थ रहेको छ । अहिले अदाणी ग्रुपको सम्पत्ति ६७ प्रतिशतले वृद्धि हुँदा अम्बानी ग्रुपको ८ प्रतिशतले मात्र वृद्धि भएको छ । 

अम्बानी र अदाणी ग्रुपको सम्पत्ति पाँच वर्षमा १०० प्रतिशतभन्दा बढीले बढेको छ । २०१४–२०१९सम्ममा मुकेश अम्बानीको नेटवर्थ १३०.५८ प्रतिशत गौतम अदाणीको ११४.७७ प्रतिशतले नेटवर्थमा  वृद्धि भएको छ । तथापि, २०१६ मा अम्बानी ग्रुपले रिलायन्स जियोको लन्चिंग गरेपछि अम्बानीको नेटवर्थ ठूलो वृद्धि देखिएको छ ।

२०१९ पछि अदाणी ग्रुपको स्पीड बृद्धि भएको देखिन्छ । मोदी सरकारको दोस्रो टर्म २०१९ शुरू भएपछिक गौतम अदाणी ग्रुपको सम्पत्तिमा द्रुत वृद्धि भएको पाइएको छ ।  २०१९–२०२१ बीचको अवधिमा अदाणी ग्रुपको नेटवर्थ १४७.७२ प्रतिशतले बढेको देखिएको छ 

प्रतिक्रिया दिनुहोस