aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नटिप्ने भयो भारतिय अर्थतन्त्रले लय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ चैत्र २०७७
नटिप्ने भयो भारतिय अर्थतन्त्रले लय

भारत । कोरोना विरुद्धको खोपलाई जतिसुकै व्यापक बनाएपनि यो वर्ष भारतको अर्थतन्त्रमा उल्लेखनिय सुधार नहुने देखिएको छ । मंगलबार सयुक्त राष्ट्रसंघ अन्तर्गतको सयुक्त राष्ट्र आर्थिक तथा सामाजिक आयोग (युएनएससीएपी)ले जारी गरेको एक रिपोर्ट अनुसार सन् २०१९ को भन्दा पनि तल्लो स्तरमा यो वर्ष भारतको जिडिपी रहने देखिएको हो । 

यो रिपोर्टमा उल्लेख गरिएको छ की, महामारी शुरु हुनु भन्दा अघि नै भारतको जिडिपी र त्यहाँ हुने लगानीमा सुस्तता आइसकेको थियो । सन् २०२० को मध्य समयमा आइपुग्दा कोरोना महामारी रोक्न गरिएको लकडाउनका कारण अर्थतन्त्रमा नराम्रो धक्का पुग्यो । तर, लकडाउन केहि खुकुलो पारेपछि लयमा फर्कन लागेको भारतिय अर्थतन्त्रले अझै निकै लामो समय ठिक गति नलिने सो रिपोर्टमा उल्लेख गरिएको छ ।
 
भारतिय अखबार जनसत्तामा प्रकाशित समाचारका अनुसार सन् २०२१–२२ मा भने भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान छ । 

प्रतिक्रिया दिनुहोस