aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकन नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ चैत्र २०७७
एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकन नहुने

काठमाडौं । एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाउपर पुनरावलोकन नहुने भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेजी हुने गरी दिएको फैसलामा पुनरावलोकन नहुने फैसला दिएको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला पुनरावलोकन गर्न दिएको निवेदनलाई सर्वोच्च अदालतले बिहीबार अनुमति नदिने फैसला सुनाएको हो । 

इजलासले पुनरावलोकन नहुने भनी आदेश गरेपछि अब एमाले र माओवादी नै अस्तित्वमा रहने भएका छन् । 

प्रतिक्रिया दिनुहोस