
काठमाडौं । काठमाडौ महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क तोकेको छ । असार १० गते पेश भएको महानगरको बजेट मार्फत सवारीसाधन पार्किङको शुल्क तोकिएको हो । महानरले दुई पांग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको प्रतिघण्टा ८० रुपैयाँ तोकेको छ ।
न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतको भित्री शहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल र लैनचौरसम्मको काठमाडौ मध्य भागका क्षेत्रमा यो शुल्क लाग्नेछ ।
महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटो लगायत तोकिएका स्थानमाका दुई पांग्रेको लागि प्रतिघण्टा १५ रुपैयाँ, चारपांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र सो भन्दा बढीको लागि प्रतिघण्टा सय रुपैयाँ तोकिएको छ ।
यस्तै महानगरले नीजि घर जग्गामा पनि काठमाडौ महानगरपालिबाट व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस