
एजेन्सी । भारतको नयाँ आर्थिक वर्ष शुरु भएको पहिलो दिन त्यहाँको शेयर बजार भारी अंकले बढेको छ । बिहिबार बंम्बइ स्टक एक्सचेञ्ज (बीएसइ) ५२० अंकले बढेको छ भने नेशनल स्टक एक्सचेञ्ज (निफ्टी) १७६ अंकले बढेको छ ।
बीएसईको सेन्सक्स ५२० अंकले बढेर ५० हजार विन्दु पार गरेको छ । त्यस्तै निफ्टी १७६ अंकले बढेर १४ हजार ८ सय ६७ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस