
एजेन्सी । भारतमा मार्च महिनामा बस्तु तथा सेवा कर (जीएसटी) संकलनमा रेकर्ड बनाएको छ । भारतको सरकारी तथ्यांकका अनुसार जिएसटी १२३,९०२ करोड भारु संकलन भएको छ । गत वर्षको सोहि अवधिभन्दा २७ प्रतिशत बढी रहेको बताइएको छ ।
मार्च २०२० मा जीएसटी ९७५९० करोड भारु संकलन भएको थियो । भारतमा यो सँगै लगातार छैटौ महिनासम्म एक लाख करोड रुपैयाँ भारुभन्दा बढी कर संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस