
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आयातकर्ता र उत्पादकमा अनुगमन सुरु गरेको छ । आयातकर्ता र खुद्रा व्यापारीबीच सामानको मूल्य र गुणस्तरमा धेरै अन्तर देखिएपछि त्यसलाई रोक्न विभागले अनुगमन सुरु गरेको हो ।
भन्सार विन्दुमा अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० तोकिएको सामानमा पनि मूल्य फरक–फरक पाइएपछि ती सामानमा केन्द्रित रहेर आयातकर्ताको अनुगमन सुरु गरिएको विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले सामानको मूल्य, गुणस्तर र लेबल हेर्नका लागि आयातकर्ता र उत्पादकमा अनुगमन सुरु गरिएको जानकारी दिए । प्रज्ञापनपत्र, डिक्लेरेसन र खुद्रा बिक्री मूल्यबीचको तालमेल हेरिने उनले बताए ।
अनुगमनबाट आयातकर्ता र खुद्रा व्यवसायीबीचमा भएको मूल्य अन्तर पत्ता लाग्ने विभागले जनाएको छ । यसले गर्दा मूल्य भेरिफिकेसन हुने हुनाले एमआरपीभन्दा पनि बढी मूल्य लिएको फेला परे तत्काल कारबाही गर्न सकिने प्रवक्ता सेढाईंको भनाइ छ । आयातकर्ताले सामानको भन्सार शुल्क कम तिरेर बजारमा ल्याई उपभोक्तालाई महँगोमा बेच्ने गरेको गुनासो रहँदे आएको छ ।
प्रतिक्रिया दिनुहोस