
एजेन्सी । भारतीय व्यापारी कम्पनी गुप्ता ब्रदर्सको स्वामित्वमा रहेको सहारा कम्प्युटर्सको बैंक खाताको १३ लाख अमेरिकी डलर रोक्का भएको छ । कयौं घोटलामा संलग्न रहेको भन्दै दक्षिण अफ्रिका सरकारले गुप्ता ब्रदर्सको कम्पनीको खाता रोक्का गरेको हो ।
सहारा कम्प्युटर्स गुप्ता परिवारका अजय, अतुल र राजेश गुप्ताद्वारा सञ्चालित ठूलो आइटी कम्पनी हो । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जैफब जुमासँगको राम्रो सम्बन्धका कारण अर्बौका घोटालामा संलग्न पाइएको बताइएको छ ।
अहिले गुप्ता परिवार दक्षिण अफ्रिका छाडेर भागेका छन् । भारतीय न्युज एजेन्सी पिटीआईका अनुसार अफ्रिकी केन्द्रीय बैंकका डेपुटी गभर्नर कुबेन नायडूले सरकारी रापत्रमा सूचना प्रकाशित गरेर गुप्ता परिवारका बारे जानकारी दिएका हुन ।
प्रतिक्रिया दिनुहोस