aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ताइवानमा रेल दुर्घटना हुँदा ४१ को मृत्यु, ७२ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० चैत्र २०७७
ताइवानमा रेल दुर्घटना हुँदा ४१ को मृत्यु, ७२ जना घाइते

एजेन्सी । ताइवानमा चार दशक यता भएको सबैभन्दा खतरनाक दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका उल्लेख भएअनुसार सुरुङ भित्र रेल दुर्घटना हुँदा ७२ जना घाइते समेत भएका छन् । यो संख्या अझै बढ्न सक्ने जनाइएको छ । 

तिव्रगतिमा रहेको रेल एउटा ट्रकसंग ठोकिएपछि लिकबाट बाहिर निस्किएको थियो । स्थानिय अधिकारीहरुलाई उल्लेख गर्दै समाचारमा भनिएको छ, अझै चार वटा रेलका डब्बा सुरुङ भित्र नै छन् । जसमा दुई सय जना भनदा बढी मानिसहरु फसेका छन् । यी चार वटै डब्बा नराम्ररी क्षतिग्रस्त बनेका छन् । 

यो रेल ताइवानको राजधानि ताइपेबाट ताइसुङ सहरतर्फ गइरहेको थियो । त्यहाँको एक लोकप्रिय चाड मनाउनका लागि घर गइरहेका मानिसहरु त्यसमा परेका हुन् । । बिहान ९ बजे यो रेल दुर्घटनामा परेको हो । जसमा ५ सय जना यात्री रहेका थिए । 
  

प्रतिक्रिया दिनुहोस