aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बैतडीमा दोस्रो फलामखानी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, २१ चैत्र २०७७
बैतडीमा दोस्रो फलामखानी

बैतडी । बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१ सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी  भेटिएको  वडाध्यक्ष  गगनसिंह धामीले बताए । फलामखानी भएको स्थान पाटन नगरपालिकाको  खोड्पेबाट  एक  घण्टाको दूरीमा   रहेको छ ।

जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा  खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो  सम्भावना  देखिएको  सुभम  मिनिरल्स प्राइभेट   कम्पनीका श्याम अधिकारीले बताए । अधिकारीले भने, “८० प्रतिशतसम्म  फलाम भेटिएको  छ । विस्तृत अध्ययन   भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ  छ ।

प्रतिक्रिया दिनुहोस