aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

फेरी माथि उक्लिए मुकेश अम्बानी, बने विश्वका १० औँ धनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ चैत्र २०७७
फेरी माथि उक्लिए मुकेश अम्बानी, बने विश्वका १० औँ धनी

काठमाडौँ। भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फेरी विश्वका सर्वाधिक धनीहरूको सूचिमा १० औँ नम्बरमा उक्लिएका छन्। केही समय अघि उनलाई पछि परेका चिनियाँ धनाढ्य झोङ सानसानलाई अम्बानीले अहिले निकै अन्तरका साथ उछिनेका हुन् । 

संसारका सर्वाधिक धनीहरूको सुची अद्यावधिक गर्ने रियल टाइम बिलिनियरको नयाँ सूचीमा सानसान १७ नम्बरमा छन् भने मुकेश १० नम्बरमा रहेका छन्। 

सो सूचिको पहिलो नम्बरमा अहिले अमेजनका जेफ बेजोस, दोस्रोमा टेस्लाका एलन मस्क, तेस्रो बरीयतामा बर्नार्ड अर्नाट एन्ड कम्पनी छन् भने बिल गेट्स चौथो नम्बरमा छन्। फेसबुकका मालिक मार्क जुकरबर्ग यसको पाँचौँ बरीयतामा छन्।

यी पाँचै जना सय अर्व क्लबमा सामेल छन्। अहिले अम्बानीको सम्पत्ति  ७८.३ अर्व डलर रहेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस