aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

टिप्पर चालकमा लागूऔषध परिक्षण शुरु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २१ चैत्र २०७७
टिप्पर चालकमा लागूऔषध परिक्षण शुरु

काठमाडौँ। टिप्पर चालकले टिप्पर चलाउँदा लागूऔषध प्रयोग गर्ने गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले टिप्पर चालकहरूमा लागूऔषध चेकजाँच सुरु गरेको छ।

प्रहरीले बिहीबार साँझदेखि टिप्पर चालकमा लागूऔषध चेकजाँच गर्ने अभियान सञ्चालन गरेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले रातको समयमा चल्ने टिप्पर चालकहरूले लागूऔषध प्रयोग गरी टिप्पर चलाउने गरेको जनगुनासो आएपछि उनीहरूले लागूऔषध प्रयोग गरे नगरेको जानकारी लिन चेकजाँच गर्ने काम सुरु गरिएको बताए ।

उनले जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले बिहीबार साँझ बनेपामा चेकजाँच कार्यक्रम सञ्चालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस