aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

३२ परिवारको घर जग्गा पत्तै नपाई अर्कैको नाममा दर्ता

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, २२ चैत्र २०७७
३२ परिवारको घर जग्गा पत्तै नपाई अर्कैको नाममा दर्ता

काठमाडौं । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन् ।

तत्कालीन अवस्थामा सप्तकोसीले पश्चिमी क्षेत्र कटान गरेपछि उनीहरु त्यहाँबाट विस्थापित भइ करहियाको खाली पर्ती ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए । ३२ परिवार थारु र दलित समुदायका रहेका छन् ।

सुरुमा १०–१५ परिवार बस्दै आएकोमा २०२५ सालमा नदीले थप कटान गरेपछि थप परिवार सुरक्षित आश्रयका लागि सो ठाउँमा आएको वडाध्यक्ष मिश्रीलाल चौधरीले बताए । सोझा साझा जनतालाई थाहै नदिई भूमाफियाले गाउँ ब्लकको जग्गा आफ्नो नाममा दर्ता गराएको उनले बताए । उनका अनुसार जग्गा दर्ता गर्ने निकाय र दर्ता गराउनेको मिलेमतो र गलत प्रवृतिको कारण जनताले दुःख पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस