aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आमाले बिहे गर्न नमान्दा अपहरणमा परेकी बालिकाको बुटवलबाट उद्धार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
आमाले बिहे गर्न नमान्दा अपहरणमा परेकी बालिकाको बुटवलबाट उद्धार

बुटवल । आमाले विवाहको प्रस्ताव अस्वीकार गर्दा अपहरणमा परेकी बालिका बुटवलबाट प्रहरीले उद्धार गरेका छन् ।  असार ९ गते साँझ ८ बजे तिलोतमा नगरपालिका– १२ की ६ वर्षीय बालिकालाई वीरगञ्ज महानगरपालिका २७ का जयराम दासले घरबाटै अपहरण गरेका थिए ।

निर्माण व्यवसायी दासले बालिकाकी आमालाई बिहे गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई अस्वीकार गर्दा दासले उनको छोरीलाई अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

बालिकालाई बुटवल–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टमा लुकाई राखेको अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ । अपहरणकर्ता दास पनि पक्राउ परेका छन् । बिगत केही महिनादेखि थापाको घर नजिकै रोहिनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस