
काठमाडौँ। हामी विश्वको सबैभन्दा धनी मुलुकको रूपमा अमेरिकालाई चिन्छौँ। तर,के तपाईँलाई थाहा छ त्यहाँका सर्वाधिक धनी घरानियाँहरू को हुन् ?
त्यसो त अमेरिकाका सर्वाधिक धनीहरूको नाम त सबैको मुखमा नै छ। त्यस्ता व्यक्तिगत नामहरू सम्झँदा प्रायः एलोन मस्क, जेफ बेजोस र बिल गेट्स जस्ता दिमागमा आउँदछन्।
तर, यो सर्वाधिक धनी देशका धनाढ्य घरानाहरू भने बेग्लै छन्। अमेरिकाको सब भन्दा धनी परिवार वाल्टन परिवार हो। यो परिवार वालमार्टका संस्थापकहरू हुन्। तिनीहरूको कुल मूल्य लगभग २४७ बिलियन डलर छ । यो विश्वको सबैभन्दा धनी परिवार हो। पछिल्लो बर्षमात्र यो परिवारको सम्पत्ति २५ बिलियन डलरले बढेको छ. यसरी हेर्ने हो भने यो परिवारको हरेक घण्टा करिब ३ मिलियन सम्पत्ति थपिइरहेको हुन्छ।
अमेरिकाका धनी परिवारहरूसँग १.२ ट्रिलियन डलरको सामूहिक सम्पत्ति छ। यसमा आफ्नै प्रयासबाट धनी भएकाहरू पर्दैनन्। जो पुस्तैनी व्यापार अघि बढाएर सम्पत्ति बढाइरहेका छन् उनीहरू मात्र यसमा सामेल छन्।
फोर्ब्सको पछिल्लो तथ्याङ्क अनुसार कोच परिवार दोस्रो धनी हो भने मार्स तेस्रो धनी परिवार हो।
जेफ बेजोसले अमेजन स्थापना गरे र रूपर्ट मर्डोकले न्युज कर्पको स्थापना गरे, तर यी सफलताहरू पारिवारिक सम्पत्तिबाट प्राप्त भएको होइन उनीहरू स्वयम् को प्रयासबाट सम्भव भएको हो।
तर, यहाँ रोचक यो छ कि रकफेलर वा भान्डर्बिल्ट जस्ता १९ औँ शताब्दीका सर्वाधिक धनी घरानाहरू अहिले यो सूचीमा छैनन्। त्यसै गरी फोर्ड र एस्टर जस्ता ठुला अमेरिकी परिवारहरूले पनि सूचीमा आफ्नो स्थान गुमाए।
प्रतिक्रिया दिनुहोस