aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अखाद्य 'सप्लिमेन्ट्री फूड' बजारमा, रोक लगाउने तयारी

  • मानमती पन्त
    मानमती पन्त
  • बुधबार, ११ असार २०७६
अखाद्य 'सप्लिमेन्ट्री फूड' बजारमा, रोक लगाउने तयारी

काठमाडाैं । आहार पूरक खाद्य पदार्थ तथा पोषणजन्य पदार्थको अवैध रुपमा बिक्री वितरण भइरहेको पाइएको छ । त्यस्ता खाद्य पदार्थको आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि २०७२ विपरीत बिक्री भएको पाइएको हो ।

आहारपुरक अन्र्तगत कार्यविधि बनाएर नियमन वा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ । तर दर्ता नभई खुलेआम बिक्री भइरहेको आहारपुरक खाद्य पदार्थ शाखाका अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताए । यसको अनुगमन फितलो भएको कारण उनीहरुलाइ बिक्री गर्न उत्साह थपिएको सुवेदीको दावी थियो । 

उनले भने दर्ता नभएका  कम्पनिलाई सबै भन्दा पहिले दर्ता गराउनुमा  आहारपुरक खाद्य पदार्थ शाखा लागी परेको छ । आगामी बर्ष भित्र खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागमा दर्ता प्रकृयामा जानको लागि छलफल र अन्र्तक्रीया भइरहेको जानकारी दिए । 

उत्पादन कम्पनीलाई दर्ता गराउँदा वैज्ञानिक तथ्यको आधारमा, उत्पादकको लाइसेन्स, जी.एन.पीको आधारमा, फ्रिसेलको आधारमा, सटिफिकेटको आधारमा, गुणस्तर विश्लेषणकोे प्रतिवेदन नमुनाको आधारमा, लेबलको आधारमा, खाद्य सामग्री खान योग्य मितिको आधारमा, उत्पादकको सम्बन्धित देशको लाइसेन्स कम्पोजिसनको आधारमा खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले दर्ता गर्ने अनुमति दिएको सुवेदीले बताए । 

नेपालमै उत्पादन गर्ने कम्पनी हालसम्म ५ वटा दर्ता भएको, १३ सय वटा आहारपूरक खाद्य पदार्थ उत्पादन दर्ता भइसकेको समेत विभागले जानकारी दिएको छ । 

बजारमा अन्य विभिन्न खाद्य पदाथ कति उत्पादन छन् भन्ने लेखा जोखा नभएको तर अबैध ढंगले वितरण तिव्र भइरहेको सुवेदीले बताए । यसलाई नियन्त्रण र रोक लगाउन अहिले जनशक्तीको कमि भएको कारण अनुगमनमा ढिलाई भएको बताए ।


 

प्रतिक्रिया दिनुहोस