aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

फ्लोरिडामा विषाक्त पानी चुहावटपछि आपतकालिन अबस्थाको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
फ्लोरिडामा विषाक्त पानी चुहावटपछि आपतकालिन अबस्थाको घोषणा

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानीयुक्त पोखरीको पानी चुहावटपछि कम्तीमा ३०० घर परिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी गराएको छ । सो क्षेत्रका ३०० भन्दा बढि घरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ । पिनी पोइन्ट बाँध क्षेत्रको मार्ग बन्द गरिएको छ ।

स्थानीय बासिन्दालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनमा तत्काल घर छोडी सुरक्षित स्थलतर्फ जान भनिएको छ । ३१ हेक्टर क्षेत्रमा फैलिएको ठूलो बाँधबाट चुहिएको उक्त पानीमा फस्फोरस र नाइट्रोजन मिसिएको बताइउको छ । ती पदार्थ पुरानो फस्फेट प्लान्टबाट निस्किएका विश्वास गरिएको छ । सीएनएन

प्रतिक्रिया दिनुहोस