aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रधानमन्त्रीले सर्वोच्चको आदेशको अपहेलना गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
प्रधानमन्त्रीले सर्वोच्चको आदेशको अपहेलना गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशको अपहेलना गरेका छन् । आइतबार सर्वोच्च अदालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा कुनै पनि निर्णय नलिन अन्तरिम आदेश दिएकै दिन उनले डा मङ्गल रावल नियुक्त गरेर सर्वोच्चको आदेशको अपहेना गरेका हुन । उक्त प्रतिष्ठानका कुलपति रहेका केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गरेको आइतबार साँझ जानकारी गराइएको थियो । प्रतिष्ठानमा उपकुलपति नियुक्तीमा योग्यता नपुग्नेलाई सिफारिस समितिले सिफारिस गरेको आरोप लगाउँदै सर्वोच्चमा आन्तरिम आदेशका लागि निवेदन परेको थियो । प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा रावलसँगै प्रा डा रेशम राना र सहप्रध्यापक डा पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो । 

गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस