aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

निजी क्षेत्रका वस व्यवसायीले विद्युतीय बस थप्दै, बैशाखमै नौवटा काठमाडौं आएपुग्ने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २३ चैत्र २०७७
निजी क्षेत्रका वस व्यवसायीले विद्युतीय बस थप्दै, बैशाखमै नौवटा काठमाडौं आएपुग्ने

काठमाडौं । आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । 

४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा छन् । सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये नौवटा बस पहिलो चरणमा ल्याइने भएको छ ।

सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । तीनवटा चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ । ती बस युरो मापदण्डका हुन् । सुन्दर यातायातले चितवनमा पनि विद्युतीय बस सञ्चालन गर्नेभएको छ ।

प्रतिक्रिया दिनुहोस