झापा । झापाको कचनकवल गाउँपालिकाले आधुनिक कृषि बजार निर्माणका लागि प्राप्त बजेट सडकमा ग्राभेल गर्न खर्च गरेको छ । तराई-मधेश समृद्धि कार्यक्रमअन्र्तगत संघीय सरकारबाट प्राप्त बजेट रकमान्तर गर्दै गाउँपालिकाले सडकमा खर्चेको हो ।
तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गतको बजेटले वडाबस्ती पाठामारी सडकखण्डमा ग्राभेल हालिएको छ । संघीय सरकारबाट प्राप्त भएको रकम कच्ची सडकमा खर्च गर्न नपाइने प्रावधान भएपछि गाउँपालिकाले वडाबस्ती पाठामारी सडकखण्डका लागि छुट्याएको रकम सिंहिमारी-बनियानी सडकमा खर्चेको हो ।
सो सडक पहिले नै बजेट विनियोजन भएर ठेक्का प्रक्रियामा गएको थियो । उक्त ठेक्का वैशाखमा नै लागिसकेको गाउँपालिका अधिकारी केशव मैनालीले बताए । गाउँपालिकाले कागजमा मात्र योजना परिवर्तन गरेको हो ।
वडाबस्ती पाठामारी सडकखण्ड गाउँपालिकाका अध्यक्ष अन्जरा आलमको घरबाट ससुराली जाने सडक हो । अध्यक्ष आलम वडाबस्तीबाट पाठामारी जानका लागि सडक स्तरोन्नती गरिएको बताउँछन् ।
तराई मधेश समृद्धि कार्यक्रमअन्र्तगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कृषिबजार निर्माणका लागि उपलब्ध रकमले अध्यक्ष आलमले ससुराली जाने सडक निर्माण गरेका हुन् । कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस