aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाईयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाईयो

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाएको छ । सबै तयारी पूरा भएको जनाएको कार्यालयले आज दिउँसो १ बजे बोर्ड बैठक बोलाईएको हो । बोर्डको बैठक बसेपछि नतिजा प्रकाशन हुने कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।  

यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक सरेको हो । ‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक शर्माले भने । साधारणतया बोर्ड बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हुन्छ ।

यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले ढिला भएको हो । विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो । प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस