aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई सरकारी नियुक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई सरकारी नियुक्ति


काठमाडौं । एमाले प्रवेश गरेका  व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपहार स्वरूप नियुक्ति दिएको राजनीतिक बिश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस