aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा अर्का अर्बपति जन्मिए, दैनिक उनको सम्पित्ति ४.८ अर्बले बढ्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
भारतमा अर्का अर्बपति जन्मिए, दैनिक उनको सम्पित्ति ४.८ अर्बले बढ्छ

एजेन्सी । विश्वका अर्बपतिहरुको सूचीमा अदानी समूहका अध्यक्ष गौतम अदानी पनि थपिएका छन् । भारतीयको उद्योगीहरुमा उनले अर्को इतिहास सिर्जना गरेका छन्। फोर्ब्सको रियल टाइम विलेनर्स सूचीका अनुसार गौतम अदानी अहिले ६१.३ अर्ब डलर बराबरको सम्पत्ति बनाउन सफल भएर विश्वका २० औं सबैभन्दा धनी व्यक्ति भएको छन । 

फोर्ब्सको सूचीका अनुसार ६ अप्रिल २०२१ मा गौतम अदानीको कुल सम्पत्ति ६१.३ अर्ब डलर पुगेको छ । यो एक दिनमा ४.८ अर्ब डलर अर्थात ८.५८ प्रतिशतले उनको सम्पत्ति वृद्धि भएको छ । भारतीय शेयर बजारमा अदानी ग्रुपका कम्पनीको शेयर लगातार बढिरहेको छ । गौतम अदानीले पनि यसबाट फाइदा लिइरहेका छन्। स्टकमा भएको वृद्धिका कारण गौतम अदानीको नेट वर्थ रोकेटको गतिमा द्रुत बढेको छ । 
 

प्रतिक्रिया दिनुहोस