
एजेन्सी । दुबईमा एउटा समूहलाई एउटा बार्दलीमा नग्न फोटोशूट पछि सार्वजनिक नग्नताको आरोपमा पक्राउ गरिएको छ। शनिवार अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा नाङ्गा महिलाहरूको एउटा समूह एउटा बार्दलीमा देखिन्छ जहाँ उनीहरूका फोटो खिचिरहेका देखिन्छन्।
बिबिसीका अनुसार युक्रेनी वाणिज्य दूतावासले ११ युक्रेनियन महिलालाई हिरासतमा लिएको जानकारी दिएको छ । उता रुसी मिडियाका अनुसार रुसका एक व्यक्तिलाई पनि पक्राउ गरिएको थियो।
दुबईमा सार्वजनिक नग्नताको मामलामा ६ महिनासम्म जेल र ५ हजार दिराम सम्मको जरिवानाको प्रावधान छ। युएईका प्रायः कानुनहरू सरिया कानुन (कुरानमा आधारित) आधारित छन् । त्यहाँ विगतमा मानिसहरूलाई सार्वजनिक स्थानहरूमा अश्लील व्यवहार देखेको र समलिङ्गी सम्बन्धको सार्वजनिक प्रदर्शन गरेको आरोपमा समेत जेल सजाय सुनाइएको छ।
दुबईको मरीना क्षेत्रमा बार्दलीमा करिब एक दर्जन महिलाले नग्न फोटोशूट खिचेका थिए। युक्रेनी वाणिज्य दूतावासले भनेको छ कि यी महिलाहरू मङ्गलवार भेला हुने गर्थे। यसभन्दा पहिले रुसी मिडियाले आठ जना रुसी महिला पक्राऊ परेको बताए पनि सो समाचारलाई पछि खण्डन गरिएको छ।
दुबईका पुलिसले यसअघि झैँ चेतावनी दिएको छ कि यदि कुनै अश्लील सामग्री वा त्यस्तै कुनै सामग्री प्रकाशित गरी कसैले सार्वजनिक नैतिकतालाई हानी पुर्याउँछ भने त्यस्तो व्यक्तिलाई कारावासको सजाय र जरिवाना तिराइने छ।
प्रतिक्रिया दिनुहोस