aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एमालेका मन्त्रीलाई माओबादी केन्द्रको कारबाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
एमालेका मन्त्रीलाई माओबादी केन्द्रको कारबाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ । 

राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारवाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएकाछन । 

माओवादी केन्द्रको यही चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्ने निर्णयबमोजिम उहाँहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको हो । 

सांसदहरु रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व उल्लङ्घन गरेको सङ्घीय संसद् सचिवालयमा माओवादी केन्द्रले गराएको जानकारी पत्रमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस