aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ज्याक मालाई पछि पार्दै अम्बानी एसियाका सर्वाधिक धनी, हेर्नुस् यो वर्ष कसले कति कमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
ज्याक मालाई पछि पार्दै अम्बानी एसियाका सर्वाधिक धनी, हेर्नुस् यो वर्ष कसले कति कमाए

एजेन्सी। संसारका सर्वाधिक धनी (अर्वपति) को सङ्ख्या धेरै हुने देशहरूको सूचीमा भारत तेस्रो नम्बरमा उक्लिएको छ। यति मात्र होइन भारतका अर्वपति तथा रिलायन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले एसिया कै सर्वाधिक धनीको ताज चिनियाँ अर्वपति तथा अलिबाबाका मालिक ज्याक माबाट छिनेका छन्। 

अर्वपतिको सुची सार्वजनिक गर्ने फोर्ब्सका अनुसार अमेजनका मालिक जेफ बेजोस लगातार चौथो वर्ष पनि संसारका सर्वाधिक धनी बनेका छन्। नयाँ सुची अनुसार संसारका धेरै अर्वपति बस्ने मुलुकको सूचीमा अब भारत अमेरिका र चीन पछि तेस्रो स्थानमा पुगेको छ।  भारतमा अर्वपतिको सङ्ख्या १४० पुगेको छ। 

अडानी समूहका गौतम अडानी भारतका दोस्रो धनी बनेका छन्। उनी संसारका २४ औँ धनी हुन्।  जबकि अम्बानी १० औँ नम्बरमा रहेका छन्।  अम्बानीको कुल सम्पत्ति ८४.५  अर्व डलर छ भने गौतमको ५०.५ अर्व डलर छ।   

संसारका सर्वाधिक धनी बेजोसको कुल सम्पत्ति १७७ अर्व डलर छ।  उनको यो एक वर्षमा मात्र २६ अर्व डलर सम्पत्ति बढेको हो। विश्वका दोस्रा धनी एलन मक्सको सम्पत्ति १५१ अर्व डलर छ। उनको सम्पत्तिमा चाहिँ यो वर्ष १२६.४ अर्व डलर थपिएको हो।   

प्रतिक्रिया दिनुहोस