
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण जोखिम बढेको भन्दै अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने बताएका छन ्। नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए । भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनले बताए ।
अहिलेदेखि नै हामी सावधान हुनुपर्छ , दूरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताए ।
प्रतिक्रिया दिनुहोस