
काठमाडौं । नेपाली कांग्रेसको संयोजनमा नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग नयाँ सरकार बारे छलफल गर्न बैठक बोलाएको हो । आज दिउँसो ३ बजे बैंठक बस्ने नेपाली काग्रेसले बताएको छ ।
लामो समयदेखि मौन बसेका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा विहीबारदेखि भने सक्रिय देखिएका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेका थिए ।
सत्ता समिकरणमा महत्वपूर्व दल बनेको जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम समावेश गरेर ती व्यक्तिलको रिहाइको माग राखेको छ। जसपाका नेता डा.सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन्।
२४ थान मुद्दामा अभियुक्त बनाइएका २१० जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बुझाएको हो। २०७२ सालको तेस्रो मधेस आन्दोलनका क्रमदेखिका मुद्दा उक्त सूचीमा समावेश गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस