aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने निर्णय खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने निर्णय खारेज

काठमाडौं । रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको बुधबारको सूचना खारेज भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठकले व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै बुधबारको सूचना खारेज गरेको हो ।

स्वास्थ्य मन्त्रालयको बुधबारको सूचनाले  नयाँ वर्षको आगमनमै  व्यवसाय बन्द गराउने स्वास्थ्य मन्त्रालयको सूचनाले पर्यटन व्यवसायीहरु असन्तुष्ट बनेका थिए । लामो समयपछि थोरै भए पनि लएमा फर्किदै गरेको रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु मन्त्रालयले जारी गरेको सूचनाबाट आतंकित भएका थिए ।

प्रतिक्रिया दिनुहोस