aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कारवाहीमा परेका चार मन्त्रीले पाए पुनः नियुक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
कारवाहीमा परेका चार मन्त्रीले पाए पुनः नियुक्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चारै जना पूर्वमाओवादी नेताहरू पुनः मन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पुनःमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा चारै मन्त्रीहरू नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज पुनःनियुक्ति पाएका मन्त्रीहरूले पहिला जुन मन्त्रालय पाएका थिए सोही मन्त्रालयमा पुनः नियुक्ति गरिएको हो । रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाईँ, भट्टराई उद्योग, वाणिज्य तथा आपूर्ती, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ । माओवादीले कारबाही गर्नुअघि पनि उनीहरू सोही जिम्मेवारीमा थिए।

प्रतिक्रिया दिनुहोस