aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ चैत्र २०७७
इन्डोनेसियामा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

जकार्ता ।  इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।

भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू सङ्कलन भइरहेको सरकारी अधिकारीले बताएका छन् । 

“उक्त विपत् व्यवस्थापन निकायका अनुसार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म छ पुगेको छ । भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।” 

राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भने, “भूकम्पमा अहिलेसम्मअ छ को मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्पव पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरि सुरक्षित स्थानमा राखिएको छ ।” एएफपी

प्रतिक्रिया दिनुहोस