aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर गर्न नपाइने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २९ चैत्र २०७७
एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर गर्न नपाइने

काठमाडौं । अब बीमितले एकल बीमा पोलिसी किनेको ३ वर्षसम्म बीमालेख सरेन्डर ९त्याग० गर्न नपाउने भएका छन् । सोही अवधिसम्म बीमालेख धितो राखेर सम्बद्ध जीवन बीमा कम्पनीबाट कर्जा लिन पनि नपाउने व्यवस्था गरिएको छ ।

बीमा समितिले गत हप्ता १९ जीवन बीमा कम्पनीहरूलाई आन्तरिक रूपमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रअनुसार अब बीमा कम्पनीहरूले एकल बीमा पोलिसी विक्री गरेको ३ वर्षसम्म ग्राहकबाट सरेन्डर लिन पाउने छैनन् । साथै, पोलिसी विक्री गरेको सोही अवधिसम्म पनि बीमालेख धितो राखेर कर्जा दिन नपाउने व्यवस्था गरिएको छ ।

यसअघि एकल बीमा पोलिसी विक्री गरेको २ वर्षपछि मात्र बीमालेख धितो राखेर कर्जा दिने पाइने व्यवस्था थियो । तर, पोलिसी सरेन्डरको विषयमा कुनै समयसीमा तोकिएको थिएन । अहिले बीमा समितिले ३ वर्षपछि मात्रा पोलिसी सरेन्डर गर्न पाउने र बीमालेख धितो राखेर कर्जा पाउने व्यवस्था गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकल बीमा पोलिसीमा विकृति बढेपछि यस्तो व्यवस्था गरिएको बताए । एकल बीमा पोलिसीमा सरेन्डरको मात्रा बढेपछि यस्तो कदम उठाइएको उनको भनाइ छ ।

‘यस्तो बीमा योजनामा ग्राहकले छोटो समयमा नै पोलिसी सरेन्डर गरेको देखियो । अब छोटो समयमा नै पोलिसी सरेन्डर गर्ने भए बीमा गर्न आवश्यक किन रु यसरी बीमा गर्नुको महत्त्व देखिएन,’ आर्थिक अभियानसँग उनले भने, ‘त्यसैले पोलिसी सरेन्डरमा समय सीमा तोकेका हौं ।’ पोलिसी सरेन्डरमा समयसीमा नतोक्दा समस्या देखिएको बताइएको छ । एकल बीमालेख धितो राखेर अव्यवस्थित रूपमा कर्जा प्रवाह गरेपछि त्यसमा पनि समय सीमा तोकिएको समितिको भनाइ छ ।

ग्राहकले तिर्नुपर्ने सम्पूर्ण बीमाशुल्क वार्षिक किस्तामा नभएर एकैपटक भुक्तानी गरिने बीमा नै एकल बीमा हो । तर, यस्तो बीमामा पछिल्लो समय विभिन्न विकृति देखिन थालेको थियो । त्यसपछि बीमा समितिले केही समयअघि गत फागुनमा जारी भएका एकल बीमा पोलिसीहरूको विवरण पेश गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस