
काठमाडौं । लामो समयपछि वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ । बैंकहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप संकलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैंकहरूको निक्षेप ह्वात्तै बढेको हो ।
कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैंकहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो । पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैंकहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ ।
कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैङ्कहरूमा कर्जाको माग बढेपछि बैंकहरूमा पनि कर्जा विस्तार बढ्दो क्रममा थियो । नेपाल बैकंर्स एसोसिएसनको तथ्याकंअनुसार फागुन महिनाभर ४० अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरूले चैत महिनाको तेस्रो सातामा मात्रै ४० अर्ब रुपियाँ निक्षेप सकंलन गरेका छन् । सोही अवधिमा बैंकहरूको कर्जा लगानी ३८ अर्ब रुपियाँमा सीमित रहेको छ ।
प्रतिक्रिया दिनुहोस