पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बिहारको मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत वडा नम्बर १३ मा बस्ने महेश दासका २० वर्षीय छोरा रञ्जन दास र वडा १७ भैसडामा बस्ने रघुनाथ यादवका २९ वर्षीय छोरा बाला यादव रहेका छन्।
विशेष सूचनाका आधारमा प्रहरी टोलीले बुधबार दिउँसो उनीहरूले चलाएर आएका ना २५ प ३८५६ र ना ५८ प ८८३९ मोटरसाइकल चेकजाँच गर्दा छुकाइछिपाइ ल्याएको अठार लाख रुपैयाँ र ५ हजार ५० भारु बरामद गरेको हो।
उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस